Comments Add Comment

नीताको योजना–‘२–३ बर्षमा बिहे गर्छु, नत्र ढिला हुन्छ’

अविवाहित नायिका नीता ढुंगानाले राम्रो श्रीमान् पाउँ भनेर ब्रत बसेको लामो समय भैसक्यो । उनी, तीजमा पानी पनि नखाई ब्रत बस्ने गर्छिन् । ललितपुरको एक पार्टी प्यालेसमा तीजको गीतमा नृत्य गर्दै गर्दा भेटिएकी नायिका ढुंगानाले आफ्नो बिहे योजनाको बिषयमा अनलाइनखबरसँग कुराकानी गरिन् ।

नीतालाई बिहे धुमधामले गर्न मन लाग्छ । तर, अहिले आफूले कामलाई प्राथमिकता दिएकाले पनि यस बिषयमा सोच्न नपाएको उनको तर्क छ । यो बिचमा कोही राम्रो मान्छे जीवनमा आएछ भने गरौला भन्दै नीताले भनिन्–‘मेरो बिहे गर्ने उमेर त हुन हुन लाग्यो । अबको २–३ बर्षमा त बिहे गर्नुपर्छ, नत्र ढिला हुन्छ ।’

नीतालाई जीवनमा बिशेषगरि, आफूलाई वुझ्ने श्रीमान् नै चाहिएको छ । नीता भन्छिन्–‘कतिपयले बिहे किन गर्नुपर्यो पनि भन्छन् । तर, पछि जीवनमा कुनै कुरा पुरा गर्न सकिनँ भन्ने नलागोस् भन्ने चाहना मेरो छ । बिहे गरेर श्रीमान्को साथ पाउनु, आमा बन्नु एउटा नारीका लागि पूर्ण हुने पाटो हुन् । म यी कुराहरु मिस गर्न चाहन्नँ ।’

नायिका ढुंगानाले श्रीमान्को लागि ब्रत बस्दै गर्दा कस्तो श्रीमान् होस् भनेर कल्पना भने नगरेको सुनाइन् । उनले भनिन्–‘म कसैको लागि ब्रत बसिरहेकी छु । उ अहिले पनि अदृश्य नै छ । म चाहन्छु, उसले पनि मेरा लागि ब्रत बसेको होस् ।’
नीताले आफूलाई थुप्रै तीजको गीतमा मोडलिङका लागि अफर आएपनि अब नगर्ने सुनाइन् । नीताका अनुसार, बिहेपछि करिअर अगाडि बढाउनै पर्छ भन्ने छैन । उनले थपिन्–‘यो परिवारको करबाट भन्दा पनि मेरो रहरले नै हुन्छ । भोली मैले करिअर अगाडि बढाउँदा परिवारमा नै अप्ठ्यारो पर्ने अवस्था आयो भने म चलचित्र क्षेत्र छाड्न पनि सक्छु ।’

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment