Comments Add Comment

अवैध भारु कारोबारमा संलग्न ४ जना पर्साबाट पक्राउ

३ असार, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले अवैध भारतीय रुपैयाँको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्जका कामेश्वर शाह कलवार, भारत बिहारको मुस्तफापुरका ४५ वर्षीय सहदेव महतो, समस्तीपुरका ४९ वर्षीय रामचन्द्र महतो र कमरावनका २४ वर्षीय सहदेव कुमार छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार कामेश्वरको साथबाट २७ हजार ८ सय ४० नेपाली रुपैयाँ तथा ३१ हजार ३ सय २० भारतीय रुपैयाँ फेला परेको थियो भने तीन जना भारतीयको साथबाट ३ लाख ३ हजार १ सय रुपैयाँ भेटिएको थियो ।

वीरगञ्जको घण्टाघर छेउमै रहेको मार्केटमा सञ्चालित कामेश्वर भिडियो मिक्सिङ सेन्टरबाट उनीहरुलाई पक्राउ राठौरले जनाए ।

भिडियो मिक्सिङको काम गर्ने कामेश्वरले अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गर्दै गरेको सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, पथलैया पठाइएको राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment