+
+

कप्तान मोर्गनको शतक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १८:२६

३ असार, काठमाडौं । विश्वकप क्रिकेटमा इंग्ल्यान्डका कप्तान इयोन मोर्गनले शतक प्रहार गरेका छन् ।

अफगानिस्तानविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि कप्तान मार्गनले शतक प्रहार गर्दै टिमलाई ठूलो स्कोरतर्फ लगेका हुन् । विष्फोटक ब्याटिङ गरेका मोर्गनले ५७ बलमा शतक पूरा गरे ।

उनले ११ छक्का र तीन चौका प्रहार गरे । मोर्गनले यसअघि पनि जारी विश्वकपमा शतक प्रहार गरेका थिए । यो उनको दोस्रो शतक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?