+
+

‘हेल्पिङ हृयान्ड्स चिल्ड्रेन होमका वालवालिकालाई हिमालयन बैंकको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ३ गते १८:४८

३ असार, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नगरपालिका ५, सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग हृयान्ड्स चिल्ड्रेन होम’का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ ।

बैंकले हेल्पिङ्ग हृयान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुत्ताहरु तथा खाद्यान्नहरु -चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो ।

देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक श्री सुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गरे ।

बैंकले आˆनो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?