Comments Add Comment

यो पटक तोडिएला त केभिनको रेकर्ड ?

४ असार, काठमाडौं । इंग्ल्यान्ड र वेल्समा एकदिवसीय विश्वकप क्रिकेट चलिरहेको छ । नयाँनयाँ रेकर्ड पनि बनिरहेको छ । मंगलबार अफगानिस्तानविरुद्ध मैदान उत्रिँदा इंग्ल्याण्डका इयान मोर्गानले सर्वाधिक छक्काको नयाँ रेकर्ड बनाएका छन् ।

शतक बन्ने क्रम पनि बढ्दो छ । अहिलेसम्म ९ जना खेलाडीले १२ शतक बनाएका छन् । जसमा बंगलादेशका शकिब अल हसन, इंग्ल्यान्डका जोइ रुट र भारतका रोहित शर्माले २–२ शतक बनाएका छन् । अष्ट्रेलियाका कप्तान आरोन फिन्च, डेभिड वार्नर, इग्ल्यान्डका कप्तान इयोन मोर्गन, जासन रोय, जोस बुट्लर र भारतका शिखर धवनले समान एक–एक शतक बनाएका छन् ।

त्यसो भए विश्वकपकै इतिहासमा सबैभन्दा छिटो शतकको नयाँ रेकर्ड बन्ला त ? यो प्रश्न आउनसाथ विश्वचर्चित ब्याट्सम्यानको चित्र आउन थाल्छ । सन् २०११ मा भएको विश्वकपमा आयरल्यान्डका केभिन ओब्रायनले ५० बलमा बनाएको शतक नै अहिलेसम्मकै सर्वाधिक छिटो शतक हो ।

समूह चरणमा इंग्ल्यान्डमाथि तीन विकेटको जित हात पार्ने क्रममा उाले यो रेकर्ड बनाएका थिए । ५० बलमा शतक बनाउने क्रममा उनले १३ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यो खेलमा ६३ बलमा ११३ रन बनाएर आउट भएका थिए ।

सन् २०१५ को विश्वकप क्रिकेटमा भने ग्लेन म्याक्सवेल मात्र एक बलले यो रेकर्ड भेट्टाउन चुके । उनले ५१ बलमा शतक बनाएका थिए । उनले श्रीलंकाविरुद्धको खेलमा ५१ बलमा शतक बनाएपनि केभिनको रेकर्ड तोड्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment