५ असार, काठमाडौं । गलत विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले बताएका छन् ।
विनियोजन विधेयकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको बताए । उनले भने, ‘संविधान साझा दस्ताबेज हो । यसलाई कमजोर गर्ने अधिकार कसले दिएको छ प्रधानमन्त्रीलाई ।’
संसदमा बोल्दै गच्छदारले भने, ‘गल्ती विधेयक ल्याएकोमा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’
यद्यपि आफूले दुई तिहाई बहुमतप्राप्त प्रधानमन्त्रीको राजीनामा नमाग्ने उनले स्पष्ट पारे ।
संविधानको मर्म र भावना विपरीत विधेयकहरु ल्याउन खोजिएको भन्दै उनले प्रधानमन्त्री स्वेच्छाचारी हुन नपाउने बताए । गच्लेछदारले अघि भने, ‘जनताले आन्दोलन गरेपछि सरकारले गुठी विधेयक फिर्ता लियो । विधेयक ल्याउनु अगाडि त्यसबारे गृहकार्य गर्नुपर्थ्यो कि पर्दैनथ्यो ?’
सरोकारबाला, विपक्षीसँग छलफल परामर्श नभएको भन्दै उनले भने, यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन ।
कांग्रेस संसदीय दलका उपनेता गच्छदारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने विधेयक किन ल्याउनुपर्यो भन्दै प्रश्न गरे । उनले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धी विधेयकको पनि विरोध गरे ।
प्रतिक्रिया 4