Comments Add Comment

अष्ट्रेलियामा स्वेता

नायिका स्वेता खड्का अहिले अष्ट्रेलिया टुरमा छिन् । उनी, एनआरएन अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन कंगारुको देश पुगेकी हुन् । अटिजम स्कुलको लागि फन्ड कलेक्शन गर्न आयोजना भएको कार्यक्रममा सहभागी हुन स्वेता अष्ट्रेलिया पुगेकी थिइन् । उनले केही दिनमै आफू नेपाल फर्किने समेत बताइन् ।

यसैविच, स्वेताले अष्ट्रेलियामा गरेको एक फोटोसुट अहिले चर्चामा छ । उनले एक विज्ञापनका लागि फोटोसुट गराएको अनलाइनखबरलाई जानकारी दिएकी छिन् । उनले ‘हिसिला हेयर एन्ड सलोन’का लागि फोटोसुट गरेको बताइन् । उनका अनुसार, वेस्टन राइटको विज्ञापनमा पनि उनले मोडलिङ गरेकी छिन् ।

स्वेताले आफ्नो आफन्त, साथीभाई पनि अष्ट्रेलियामा भएकाले आफूलाई बेला–बेलामा आइराख्न मन लाग्ने सुनाइन् । चलचित्र ‘कान्छी’ बनाएपछि स्वेताले नयाँ चलचित्र निर्माणको तयारी थालेकी छैनन् । बरु, उनी सिन्धुपाल्चोकको माझी बस्तीमा बनिरहेको एकिकृत नमुना बस्ती चाडै सकेर स्थानियलाई हस्तान्तरण गर्ने दौडमा लागिरहेकी छिन् । आइतबार माझी बस्ती निर्माणका लागि च्यारेटी कार्यक्रम हुन लागेको स्वेताले जानकारी दिइन् ।

तस्वीरः अंकित केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment