Comments Add Comment

इंग्ल्यान्डमाथि श्रीलंकाको त्यो १० विकेटको जित

६ असार, काठमाडौं । सन् २०११ को विश्वकप क्रिकेटमा एउटा दुर्लभ इतिहास बन्यो, जुन खेलमा इंग्ल्यान्डलाई श्रीलंकाले १० विकेटले पराजित गर्‍यो ।

२०११ मार्च २६ तारिख । यो दिन श्रीलंकाको लागि निकै महत्वपूर्ण थियो । कारण विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा श्रीलंकाले आफ्नै भूमिमा इंग्ल्यान्डसँग खेल्दै थियो । उत्साहित दर्शक, आत्मविश्वासी खेलाडी यही तालमेलले कोलम्बो निकै गुन्जियो ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले श्रीलंकालाई २३० रनको लक्ष्य दियो । मध्यम स्कोर पछ्याउँदै जवाफी ब्याटिङ गरेको श्रीलंकाले इंग्ल्यान्डमाथि १० विकेटको कीर्तिमानी जित हात पार्‍यो । यसअघि श्रीलंकाले विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई १० विकेटले हराउन सकेको थिएन । त्यो पनि ओपनर दुई खेलाडीको शतक हान्दा पनि ।

त्यसबेला ओपनर तिलकरत्ने दिलसानले अविजित १०८ रन बनाउँदा उपुल थरंगाले अविजित १०२ रन बनाएर श्रीलंकालाई जित दिलाएका थिए ।

विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध नमिठो हार ब्यहोरेको इंग्ल्यान्डसँग थुप्रै यादहरु छन् । जसमध्ये अर्को रोचक खेल हो सन् २०१५ को विश्वकप क्रिकेट । यो खेलमा पनि यस्तै रमाइलो घटना भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले श्रीलंकालाई ३१० रनको ठूलो लक्ष्य श्रीलंका दियो । तर यो लक्ष्य पनि श्रीलंकाको लागि सानो बन्यो । श्रीलंकाका लागि लाहिरु थिरिमाने र कुमार सांगाकाराले शतक हाने । थिरिमानेले नटआउट १३९ रन बनाउँदा सांगाकाराले अविजित ११७ रन बनाए ।

कुमार सांगाकाराले त आफ्नो खेलाडी जीवनबाट सन्यास लिइसकेका छन् । तर थिरिमाने भने अझै टिममा छन् । उनी इंग्ल्यान्डविरुद्ध ओपनरकै भूमिकामा मैदानमा आउँदै छन् । श्रीलंकाविरुद्ध आज (शुक्रबार) घरेलु टोली इंग्ल्यान्डले प्रतिस्पर्धा गर्दै गर्दा यी दुई वटा ऐतिहासिक हारलाई पनि मनन गरेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment