+
+

नक्कली एटीएम कार्ड बनाएर लाखौं चोरी, विदेशी फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ६ गते १६:४८

६ असार, काठमाडौं । नक्कली एटीएम कार्डको प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शंखमुलका ३३ वर्षीय राजुकुमार पाण्डे छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पाण्डेलाई पक्राउ गरेर विस्तृत अनुसन्धान गरिरहेको छ ।

ब्युरोका एसपी दिपक रेग्मीका अनुसार पाण्डेले अन्य ३ जना रोमनियन नागरिकसँग मिलेर विभिन्न एटीएम बुथबाट पैसा निकालेका थिए । तर, अहिले विदेशी नागरिकले नेपाल छाडिसकेका छन् ।

पाण्डेको साथबाट विभिन्न बैंकको भिषा कार्ड, नक्कली कार्डहरु, मोबाइल र एप्पल कम्पनीको दुई वटा ल्यापटप बरामद भएको छ । थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?