Comments Add Comment

कार्यकर्ता हत्याको विरोधमा विप्लवद्वारा आन्दोलन घोषणा

६ असार, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले कार्यकर्ता ‘हत्या’को विरोधमा आन्दोलन घोषणा गरेको छ ।

सरकारले लुटको राज्य लम्ब्याउने बदनियतले मुठभेडका नाममा दैनिक निःशस्त्र कार्यकर्तालाई नियन्त्रणमा लिँदै हत्या गरेको दाबीसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

पार्टीका महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फासिवादी सरकारको बर्बरतापूर्ण हत्याविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दछौं ।’

विप्लवले असार ७ गते प्रचारप्रसार, ८ गते कोणसभा र घरदैलो, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्द गर्ने बताएका छन् ।

बिहीबार सर्लाहीमा प्रहरीसँग भएको मुठभेडमा परेर जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो । प्रहरीले दोहोरो मुठभेड भएको बताए पनि विप्लव समूहले भने बाटो ढुकेर पौडेलको हत्या भएको दाबी गरेको थियो ।

घटनाबारे मानव अधिकार आयोगले पनि छानविन थालेको छ ।

यो पनि पढ्नुहोस प्रहरी भन्छ- कुमार पौडेल ‘भिडन्त’मा मारिए, विप्लव समूह भन्छ- बाटो ढुकेर हत्या !

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment