+
+

प्रदर्शनकारी घाइते बनेपछि जर्जियाका सभामुखद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ७ गते ८:३४

७ असार, काठमाडौं । नैतिकता र जवाफदेहितालाई राजनीतिको सबैभन्दा ठूलो पुँजी मानिन्छ । तर हाम्रोमा नेतृत्वको छवि र पारदर्शितामाथि अनेक प्रश्न उठ्दासमेत लाभको पदमा टाँसिरहने परिपाटी छ ।

नेपालको राजनीतिमा इमानको खडेरी परेको भन्दै बेलाबेला चिन्ता व्यक्त हुने गरे पनि जर्जियाको जर्जियाको राजनीतिज्ञको संस्कार भने निकै भिन्न छ । जर्जियाका सभामुख इराक्ली खोबाखिजेले देशमा प्रदर्शन भएकाे मामुली कारणले पदबाट बिदा लिएका छन् ।

रुसको एक टोलीको विवादास्पद जर्जिया भ्रमणपछि त्यहाँका विपक्षी दल सत्तारुढप्रति रुष्ट छन् । सत्तारुढ दल रसियासँग टाँसिएको आरोप उनीहरुको छ । पछिल्लो आन्दोलनचाहिँ त्यहाँको संसदबाट रसियनले गरेको सम्बोधनपछि चुलिएको हो ।

सुरुमा सभामुखको राजीनमा मागेर आन्दोलनमा उत्रिएका विपक्षी दललगायतले आन्तरिक मामिला मन्त्रीको राजीनामा र आम निर्वाचनलाई पनि बटमलाइन बनाएका छन् ।

यहीबीच  भएको आन्दोलनमा प्रदर्शनकारी घाइते भएपछि त्यहाँका सभामुख इराक्ली खोबाखिजेले पदबाट राजीनमा दिएका हुन् ।

आन्दोलनमा ठूलो सङ्ख्यामा नागरिक तथा सुरक्षाकर्मी घाइते भएको उल्लेख गर्दे उनले जर्जियाली ड्रिम पार्टीको जनताप्रतिको उच्च सम्मानका लागि आफूले राजीनामा दिएको बताएका छन् ।

संसद भवन नजिकै सांसदसमेतको सहभागितामा भएको आन्दोलनका क्रममा ४० प्रहरीसहित २४० जना घाइते भएका थिए । जसमध्ये २ को अवस्था गम्भीर रहेको बताइएको छ ।

इराक्ली जर्जियाको सत्ताधारी दल जर्जिया ड्रिम पार्टी (खाखा खालाजे) का महासचिवसमेत हुन् ।

इराक्लीले राजीनामा दिए पनि आन्दोलनकारीको निशानामा रहेका आन्तरिक मामिला मन्त्रीले  भने राजीनामा दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?