Comments Add Comment

सडक मर्मत नभएपछि थलीका बासिन्दाले फेरि गरे चक्काजाम

Photo Credit : केदारनाथ नेपालको फेसबुकबाट

८ असार, काठमाडौं । थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा स्थानीय बासीले सडक अवरुद्ध पारेका छन् । संघर्ष समितिसँग कागेश्वरी मनोहरा नगरपालिकाले सडक स्तरोन्नती गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै स्थानीयबासीले आइतबार पनि सडक अवरुद्ध पारेका हुन् ।

यसअघि गत जेठ २८ गते स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो । तीन बुँदे सहमतिपछि स्थानीयले विगतदेखि नै गर्दै आएको आन्दोलन फिर्ता लिएका थिए । तर, हालसम्म पनि सहमतिअनुसार काम भएको छैन ।

सलम्बुटार, इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् ।

पानी परेपछि सडकमा हिँड्नसमेत समस्या हुने गरेको छ । दैनिक आवतजावत गर्ने गाडीका चालक र पैदलयात्रुले स्थानीय सरकारले सडक मर्मत नगर्दा सास्ती भोग्नुपरेको बताउँछन् ।

सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका बासिन्दा आक्रोशित छन् । ११ किलोमिटर भन्दा लामो सडकखण्ड निर्माणको जिम्मा पाँच ठेकेदार कम्पनीले पाएका छन् । तर काममा प्रगति नभएको स्थानीयको भनाइ छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment