
सिड्नी । पूर्वमन्त्री तथा नेकपाका दिवंगत नेता धनीराम (डीआर) पौडेलको स्मृतिमा सिड्नीमा आइतबार बिहान शोक सभा आयोजना गरिएको छ । उनका शुभचिन्तकहरुले लस्करै उभिएर उनको सम्झनामा ५३ वटा मैनबत्ती बाले र सेता गुलाबका थुंगा अर्पण गरे ।
शोक सभामा उपस्थित नेकपा नेता युवराज चौलागाईले पूर्वविद्यार्थी नेतासमेत रहेका डीआर पौडेल नेपाली राजनीतिका इमान्दार, सरल तथा अध्ययनशील नेता भएको भन्दै उनको समाज परिवर्तनप्रतिको प्रतिवद्धता सिक्नलायक भएको बताए ।
प्रस्तावि प्रवासी नेपाली एकता मञ्चका नेता शेषमणि शर्माले पौडेल एक असल र जनता प्रतिप्रतिबद्ध नेता भएको बताए ।
सोही संगठनका अर्का नेता रमेश पाण्डेले उनको निधनबाट नेपालको वाम आन्दोलनलाई क्षति भएको बताए ।
सिड्नीका सामाजिक अगुवा प्रविण कँडेलले स्थानीय चितवनबासी भएकाले उनीसँग आन्दोलनका काममा आफूले सँगै बिताएका क्षणको स्मरण गरे ।
मेरिल्याण्डको रेस्ट फङ्सन सेन्टरमा भएको उक्त कार्यक्रममा सिड्नीका स्थानीय व्यवसायी सन्जीव शर्मा, गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य दीपक भट्टराईलगाएत दर्जनौंको उपस्थिति थियो ।
प्रतिक्रिया 4