
८ असार, काठमाडौं । अफगानिस्तानका कप्तान गुल्बादिन नाइबले आफ्नो मन पर्ने टिमलाई हराउने अवसर गुमाएको बताएका छन् ।
शनिबार राति भारतसँग ११ रनको झिनो अन्तरले पराजित भएपछि अफगानिस्तानका कप्तान गुल्बादिन नाइबले आफ्नो वेष्ट खेलाडीको वेष्ट टिमलाई हराउने मौका गुमाएको बताएका छन् ।
पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै अफगानिस्तानका कप्तान नाइबले भनेका छन्, ‘भारत मेरो सधैभरि वेष्ट टिम हो र म सपोर्ट गर्छु पनि । मेरो वेष्ट खेलाडी भनेकै विराट कोहली हो’ उनले अगाडि भने, ‘एक समयमा हामी सजिलै जित्छौं भन्ने स्थितिमा थियौं तर त्यसो हुन सकेन । हामीले विश्वकपमा ठूला टिमलाई हराउने अवसर गुमाएका छौं ।’
‘राशिद र मुजिबले उत्कृष्ट बलिङ गरे । महेन्द्रसिंह धोनी उत्कृष्ट र अनुभवी खेलाडी हुन् । धोनी र केदार जाधवले राम्रो पानरसिप गर्दै भारतलाई मध्यम स्कोरसम्म लग्यो । हामीले उनीहरुको विकेट छिटै लिन सकेनौं । हाम्रो तर्फबाट मोहम्मद नाबीले उत्कृष्ट खेले तर त्यो पर्याप्त भएन’, कप्तान नाइबले भनेका छन् ।
भारतसँग पराजित भएसँगै अफगानिस्तान लगातार छैटौ खेलसम्म पराजित भएको हो ।
प्रतिक्रिया 4