+
+
Shares

‘दोस्ताना २’मा जान्वीसँगै जोन र राजकुमार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ८ गते १५:३३

निर्माता करण जोहर आफ्नो हिट चलचित्र ‘दोस्ताना’को दोश्रो सिरिज बनाउने तयारीमा छन् । यो चलचित्रलाई सन् २०२० मा रिलिज गर्ने र यो बर्षको अन्त्यमा छायांकन गर्ने उनको तयारी छ । ‘दोस्ताना’मा नायक जोन अब्राहम, अभिषेक बच्चन र नायिका प्रियंका चोपडाको मुख्य भूमिका थियो ।

तर, यसपटक ‘दोस्ताना २’मा कलाकार हेरफेर भएका छन् । भारतीय मिडियाका अनुसार चलचित्रका लागि नायिका जान्वी कपुर र नायक राजकुमार रावलाई फाइनल गरिएको छ । जान्वी अहिले धर्मा प्रोडक्शनको सबैभन्दा मनपर्ने नायिका बनेकी छिन् ।

यसैविच, चलचित्रमा ‘दोस्ताना’का मुख्य नायक जोन अब्राहम पनि जोडिएको खबर छ । जोन, जान्वी र राजकुमार अहिले नयाँ प्रोजेक्टमा व्यस्त छन् । उनीहरुले हाल काम गरिरहेको प्रोजेक्ट सकेपछि यो हिट चलचित्रको सिरिजमा काम गर्नेछन् ।

‘दोस्ताना’ले दुई केटा साथीको सम्बन्ध र त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको थियो । ‘दोस्ताना २’को कथा बारेमा केही पनि खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?