Comments Add Comment

धनगढीको बजेट १ अर्ब ५८ करोड

८ असार, कैलाली । धनगढी उपमहानगरपालिकाको चौथो नगर सभाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि १ अर्ब ५८ करोड चारलाख ४८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

जसमा चालु खर्च तर्फ ७६ करोड ३६ लाख ४२ हजार १ सय ६६ रुपैयाँ ३८ पैसा रहेको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड ६८ लाख ५ हजार रुपैयाँ ६२ पैसा रहेको छ ।

आइतबार नगर सभामा बजेट प्रस्तुत गर्दै उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले बजेटले पूर्वाधार विकास, कृषिको आधुनिकरण र व्यवसायीकरण, शिक्षाको गुणात्मक सुधार, गुणस्तरीय स्वास्थ्य सेवा, पर्यटन प्रवर्द्धन, प्राकृतिक विपद व्यवस्थापन पूर्व तयारीलगायतका विषयमा जोड दिएको बताइन् ।

त्यस्तै उपमेयर भट्टले धनगढी नगरभित्र रहेका ताल तलैयाहरुलाई पर्यटन गन्तब्यका रुपमा विकास गरिने बताइन । उनले स्थानीयले मिचेको खोलानालाको अतिक्रमण हटाई उक्त स्थानमा साइकल ट्रेलको विकास गर्ने योजना अघि सारिन् ।

पहिले बगरको रुपमा रहेको स्थानलाई स्थानीयले आर्दश सामुदायिक वन स्थापना गरेपछि उक्त स्थानलाई पिकनिक स्थलको रुपमा विकास गर्ने पनि बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment