Comments Add Comment

जहाँ बिकिनी लगाएका महिलाले खाना टकार्छन्

Photo Credit : world of buzz

काठमाडौं । दुनियामा व्यापार चम्काउनका लागि नयाँ आइडिया लगाउनै पर्दछ । यस्तो आइडिया लगाउँदै अनेक खालका रेष्टुरेन्ट खुलेका छन् । यसैमध्येको एउटा रेष्टुरेन्ट यति अनौठो छ कि जाउँजाउँ लाग्न सक्छ ।

चीनको श्यांग सहरमा रहेको डाओजियांग रेष्टुरेन्टले ग्राहक लोभ्याउनका लागि अनौठो उपाय अपनाएको छ । उक्त रेष्टुरेन्टमा कार्यरत महिला कर्मचारीले बिकिनी लगाउने गर्दछन् । खासगरी वेट्रेसहरुले बिकिनी लगाएर खानेकुरा टक्राउँछन् ग्राहकहरुका लागि ।

बिकिनीमा सजिएका महिला वेटरको शरीरमा रेष्टुरेन्टको नाम पनि कुँदिएको हुन्छ ।

बिकिनी वेट्रेसको आइडिया लगाएसँगै उक्त रेष्टुरेन्टमा ग्राहकको संख्या थामिनसक्नु छ । खासगरी पुरुष ग्राहकहरु बिकिनी लगाएर सर्भ गर्न आउने वेट्रेसहरु देख्दा निकै रोमाञ्चित हुने गरेका छन् ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment