+
+
Shares

भरतपुरका जनप्रतिनिधिलाई प्रचण्डको सुझाव : भष्टाचार गरेको भए आजैबाट छाड्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १० गते १९:०१

१० असार, चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर नमुना महानगर बन्न सक्ने बताएका छन् ।

मंगलबार चौथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्ड भष्टाचार नहुने स्थानीय तहका रुपमा भरतपुर महानगरपालिकालाई नमूना रुपमा प्रस्तुत गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

भरतपुरका मेयर रेनु प्रचण्डकी छोरी हुन् । ‘कम्तीमा रेनुलाई त म राम्रोसँग चिन्छु नि’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिलेसम्म भष्टाचार गर्नुभएको छ भन्ने त मलाई लाग्दैन, जनप्रतिनिधि वा कर्मचारीले कहिँकतै अलि अलि भष्टाचार गर्नुभएको छ भने आजैको मितिबाट छाड्ने संकल्प गर्नुस् ।’

भरतपुर महागनर वा चितवनमा हुने विकास यो क्षेत्रका लागि मात्रै नभई देशकै नमूना मोडलको रूपमा विकास गर्नुपर्ने चुनौती आएको अध्यक्ष प्रचण्डले बताए ।

आगामी तीन बर्षभित्र चितवनका अधिकांश सडक पिच गरिने भन्दै उनले भने, ‘चितवनका जनतालाई बाटो हिँड्दा धुलो खानु भएन, स्वस्थ पनि हुनुपर्‍यो ।’ नारायणी नदीमाथि चार वटा पुल निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?