+
+

आमाले बिहे गर्न नमान्दा छोरीको अपहरण

टोपराज शर्मा टोपराज शर्मा
२०७६ असार ११ गते १५:०७

११ असार, बुटवल । महिलाले विवाहको प्रस्ताव अस्वीकार गर्दा उनको छोरीलार्ई अपहरण गरेका छन् । अपहरणमा परेकी बालिकाको प्रहरीले बुटवलबाट उद्धार गरेको छ ।

९ असारको साँझ ८ बजे तिलोतमा नगरपालिका– १२ की छ वर्षीय बालिकालाई वीरगञ्ज महानगरपालिका २७ का जयराम दासले घरबाटै अपहरण गरेका थिए ।

निर्माण व्यवसायी दासले बालिकाकी आमालाई बिहे गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई अस्वीकार गर्दा दासले उनको छोरीलाई अपहरण गरेको प्रहरी अनुसन्धानबाट खुलेको रुपन्देही प्रहरीका प्रवक्ता डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

बालिकालाई बुटवल–५ स्थित होटल बुटवल प्लाजा एण्ड रेष्टुरेण्टमा लुकाई राखेको अवस्थामा उद्दार गरिएको प्रहरीले जनाएको छ । अपहरणकर्ता दास पनि पक्राउ परेका छन् ।

उनी नौ महिनादेखि थापाको घर नजिकै रोहिनी खोलामा पुल बनाउने पेटी ठेकेदारको काम गर्दै आएका थिए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?