Comments Add Comment

सेयर लगानीकर्ताले अब ब्रोकरबाटै कर्जा लिन पाउने

११ असार, काठमाडौं । सेयर लगानीकर्ताहरुले अब ब्रोकर कार्यालयहरुबाटै कर्जा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ६ वटा ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेगरी स्वीकृति दिएको हो ।

अन्य ५ वटा ब्रोकर कम्पनीहरुलाई पनि राष्ट्र बैंकले केहि दिनमै स्वीकृति दिने जनाएको छ । ६ वटा कम्पनीले भने राष्ट्र बैंकबाट बुधबार स्वीकृति पाएका हुन् । तिनीहरुलाई बिहीबार नेपाल स्टक एक्सचेञ्जले अनुमति दिने भएको छ ।

नेप्सेले बिहीबार एक कार्यक्रमको आयोजना गरी ति कम्पनीहरुलाई प्रमाण–पत्र वितरण गर्ने भएको हो । नेप्सेले दिएको जानकारी अनुसार ब्रोकर नम्बर ५०, ब्रोकर नम्बर ३४, ब्रोकर नम्बर ३६ , ब्रोकर नम्बर २८ श्, ब्रोकर नम्बर १६ र ब्रोकर नम्बर १४ ले पहिलो चरणमा अनुमति पाएका छन् ।

यस बाहेक थप ५ वटा कम्पनी राष्ट्र बैंकको स्वीकृतिका लागि पाइपलाइनमा रहेका छन् । राष्ट्र बैंकले स्वीकृति दिए लगत्तै ति कम्पनीहरुलाई पनि अनुमति प्रदान गरिने नेप्सेले बताएको छ ।

मार्जिन कारोबार भनेको सेयर कारोबारका लागि लिन पाउने कर्जा सुविधा हो । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधा लगानीकर्ताले पाउँछन् । ब्रोकर कम्पनीमार्फत ऋण लिने सुविधालाई मार्जिन कारोबारसम्बन्धी सुविधा भनेर बुझ्न सकिन्छ । यो सुविधाका लागि लगानीकर्ताले ५० प्रतिशत रकम आफूले लगानी गर्नुपर्नेछ र बाँकी ५० प्रतिशतसम्म ब्रोकरले हालिदिनेछन् ।

मानौ, लगानीकर्तासँग २ हजार रुपैयाँमात्रै छ तर ४ हजार रुपैयाँको सेयर किन्न चाहन्छ भने अपुग २ हजार रुपैयाँ ब्रोकर कम्पनीले कर्जाको रुपमा उपलब्ध गराउन क्छि ।

यसरी कर्जा दिलाएवापत सेयर ब्रोकरहरुले ब्याज तथा सेवा शूल्क लिन सक्नेछन् । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment