+
+

जीवनदिप हलका संचालकको गुनासो–‘वितरकले फिल्म नै दिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १२:३१

पूर्वी तराइको सर्लाहीमा ३ वटा हल छन् । जसमध्ये एक हो, जीवनदिप हल । यसका हल संचालक सजन अमात्य हुन् । तर, वितरकले चलचित्र नदिदा सजनको मन अमिलो भएको छ । यो हलमा ५४० सिट क्षमताका हल छन् । यहाँ नेपाली, हिन्दी र भोजपुरी चलचित्र चल्छ । तर, विगत ३ बर्षदेखि हलमा वितरकले हिन्दी चलचित्र नदिएको गुनासो संचालकको छ ।

अनलाइनखबरसँगको भेटमा संचालक सजनले गुनासो गर्दै भने–‘पहिला एफडी र डीसीएनले वितरण गर्दा हामीलाई चलचित्र दिनुहुन्थ्यो । अहिले मनोज राठी र उज्ज्वल पौडेलले वितरण गर्न थालेपछि चलचित्र नै दिनुभएको छैन ।’

सजन धेरै पटक चलचित्र माग्नका लागि मनोजको अफिसमा पुगेका छन् । उनीहरुले हुन्छ भनेर आश्वासन त दिएका छन् तर चलचित्र चलाउन पाएका छैनन् । आफ्नो हल छेउकै हलले जुन चलचित्र पनि पाउने तर आफूले नपाउने भन्दै सजनले चित्त दुखाए । उनले आफ्नो हल पारदर्शी नै भएको पनि बताए । व्यापारमा कहिले पनि तलमाथि नगरेको उनको भनाई छ । यस्तो थियो भने चलचित्र विकास बोर्डले हल चलाउने अनुमती नदिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?