Comments Add Comment

नेपालले मलेसियासँग टी–२० श्रृङ्खला खेल्ने

१३ असार, काठमाडौं । नेपालले मलेसियासँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ ।

मलेसिया क्रिकेटले नेपालसँग दुई खेलको अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्न लागेको उल्लेख गरेको छ । नेपालले खेल्ने दुबै खेल मलेसियाको किन्रारा ओभलमा हुनेछ ।
खेल जुलाई १३ र १४ मा हुनेछ । नेपाल र मलेसिया दुबै टिम आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनोटको फाइनल चरणको प्रतियोगिताको लागि तयारी स्वरुप खेल्न लागेको हो ।

नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले नेपालको श्रृङ्खला खेल्ने नै लक्ष्य नभएको तर टिम त्यही अभ्यास गर्ने हुदा खेल्न मात्र लागेको बताए । उनले भने, ‘नेपाली टिम मलेसियामै अभ्यास गर्ने हुदा सिरिज खेल्न लागेको हो । यो सिरिज नेपालको मुख्य प्राथमिकतामा थिएन । नत्र त हामी स्तरीय टिमसँग सिरिजको माग गर्ने थियौं ।’

जुलाई २२ देखि २८ तारिखसम्म सिंगापुरमा एसिया क्षेत्रका फाइनल छनोट खेल हुदैछ । राउन रोविनको आधारमा हुने खेलमा विजेता टिममात्रै ग्लोबल छनोटमा प्रवेश गर्नेछ ।

एसिया क्षेत्र छनोटको फाइनल खेलमा आयोजक राष्ट्र सिंगापुरसँगै, नेपाल, मलेसिया, कुवेत र कतार रहेका छन् । यी टिमहरुभन्दा बलियो टिम हो नेपाल । त्यसकारण विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना लगभग पक्कापक्की छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment