+
+
Shares

अफगानिस्तानले पाकिस्तानलाई दियो २२८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १४ गते १९:१४

काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई २२८ रनको लक्ष्य दिएको छ । पाकिस्तानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

लिड्समा टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनायो । उसको सुरुवात राम्रो रहेन । ५७ रन जोड्दा ३ विकेट गुमायो ।

चौथो विकेटका लागि आक्रम अलिखिल र अस्गर अफगानले ६४ रनको साझेदारी गरे । यो अफगानको पारीमा सबैभन्दा ठूलो साझेदारी हुनपुग्यो । अफगानले ४२ रन बनाए । नजिबुल्लाह जादरनले पनि ४२ रनको पारी खेले ।

पाकिस्तानका शाहीन शाह अफ्रिदीले ४ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?