+
+
Shares

एनआईसी एशिया बैंककोे थप शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १५ गते १८:२८

१५ असार, काठमाडौं । एनआईसी एसिया बैंकले तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आप्fm्नो ३७ औंं शाखारहित बैंकिङ सेवा असार १३ गतेबाट संचालनमा ल्याएको हो ।

बैंकले संचालनमा ल्याएको सत्रसय शाखारहित बैंकिङ सेवाको उद्घाटन आँबुखैरेनी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष किसान थापाले गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सुशिला गुरुङलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आˆनो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विस्तार हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्नेे, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?