+

नेमार छाड्न चाहँदैनन् एमबाप्पे

२०७६ असार  १५ गते १८:३७ २०७६ असार १५ गते १८:३७
नेमार छाड्न चाहँदैनन् एमबाप्पे

१५ असार, काठमाडौं । फ्रेन्च क्लब पीएसजीका स्ट्राइकर केलियन एमबाप्पेले जहाँ भए पनि आउँदो दिनमा आफू अझ बढी जिम्मेवारीका साथ अघि बढ्न चाहेको बताएका छन् । तर त्यसका लागि विश्व स्तरीय खेलाडीहरु आफूसँगै हुनुपर्ने उनको धारणा छ ।

२० वर्षका एमबाप्पेले पीएसजीले आउँदो सिजनका लागि अझ बलियो वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । खेलाडीहरुको उत्कृष्ट संयोजन, सँगै रहने विश्वस्तरीय खेलाडी सबै मिलाएर अघि बढ्दै च्याम्पियन्स लिग जित्ने र बालोन डिओरमा दाबेदारी दिने उनको इच्छा व्यक्त भएको छ ।

अहिले पीएसजीमा दुई स्टार खेलाडी एमबाप्पे र नेमारबीच देखिएको प्रतिस्पर्धा व्यक्तिगत रुपमै जाला कि भन्ने डर बढीरहेका बेला क्लबकै लागि पनि यस्तो अवस्था सम्हाल्न सहज भने छैन । तर एमबाप्पे भने नेमार साथै नहुँदा आफूहरु कमजोर बन्ने डरमा देखिन्छन् ।

उनीहरुबीच मैदानमा हुने सहकार्यसँगै व्यक्तिगत रुपमा पनि अहिलेसम्म राम्रो सम्बन्ध छ । दुवै एकअर्काका प्रशंसक नै हुन् । केही दिनअघि नेमार घाइते रहेकाले कोपा अमेरिका गुमाउने भएपछि एमबाप्पेले उनलाई सान्त्वना दिँदै सन्देश लेखेका थिए ।

एमबाप्पे नेयमार आफूसँगै रहँदा मैदानमा सहज हुने खुला रुपमा नै बताउँछन् । त्यसैले उनको धारणा छ, ‘आउने सिजन पनि नेमार पीएसजीमै रहुन् र आफूसँगै खेलुन् ।’
नेमारले क्लब छाड्ने खबरहरु आइरहँदा एमबाप्पेले नेयमारलाई क्लबमै देख्न चाहनुले पनि पीएसजी व्यवस्थापनमा थप छलफल हुने देखिन्छ । प्रशिक्षक थोमस टुखललाई दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा मिलाएर लान सहज नभएरै नेमार बाहिरिने कुरा अझ बलियो बनेको हो ।

पीएसजीका अध्यक्ष नासेर अल खेलाफी पनि नेमारलाई किनेको भन्दा कममा बेच्न तयार छैनन् । त्यसैले उनको भाउ आउने सिजन झनै घट्न पुग्ने डरले यो सिजनमा नै बेच्न उपयुक्तसमेत ठान्छन् । किनभने क्लब खेलाडीभन्दा अघि नै आउँछ ।

मैदानमा पेनाल्टी र फ्रिकिककै लागि नेमार र एमबाप्पेबीच प्रतिस्पर्धाको अवस्था आउने भएमा प्रशिक्षक थोमसलाई अझ कठीन हुँदै जाने छ । यसैले थोमसले भनेका छन्, ‘यदि कोही जान चाहन्छ भने उसको लागि बाटो खुला छ ।’

अध्यक्ष खेलाफीले पनि भनेका छन्, ‘हामी अब कोही ‘सेलिब्रिटी’ चाहँदनौं, जो योजना मान्न तयार छैनन्, उसले छाड्न सक्छ ।’

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय