+
+
Shares

ट्याक्सीमा छुटेको नगद तीन दिनपछि भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १५:४५

१६ असार,काठमाडौं । अस्पतालबाट घर फर्किदै गर्दा यात्रुले छोडेको नगद र औषधि फिर्ता नगर्ने ट्याक्सी चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

शिक्षण अस्पताल, महाराजगञ्जबाट स्वयम्भु नामगेल चोक जाने क्रममा शुक्रबार यात्रु तोण्डु शेर्पाले ७६ हजार नगद र औषधीसहितको झोला ट्याक्सीमा छाडेका थिए ।

नम्बर नखुलेको ट्याक्सीमा समान छुटेको भन्दै शेर्पाले महानगरीय ट्राफिक प्रहरी महाशाखाकामा निवेदन दिएपछि ट्राफिक प्रहरीले खोजतलास थालेको थियो । सीसी टीभी क्यामेराको मद्दतबाट सामान छुटेको तेस्रो दिन ट्याक्सी चालक पक्राउ परेका हुन् ।

सोमबार पक्राउ परेका बा २ ज २४८ नम्बरको ट्याक्सीका चालकले नगदसहित ट्याक्सीमा छुटेका सबै सामान पीडितलाई ट्राफिक प्रहरीको रोहबरमा फिर्ता गरेको जनाइएको छ ।

समान जस्ताको त्यस्तै फिर्ता गरेपछि ट्याक्सी चालकलाई कागज गरेर छाडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी रविकुमार पौडेलले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?