Comments Add Comment

ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आन्दोलन स्थगित

काठमाडौं । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलन स्थगित गरेको छ ।

प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी जेरिजा मेसँग पूर्व गोर्खा सैनिकको समस्याबारे सम्बाद गरेको र बेलायती पक्षले सकारात्मक रुपमा लिएको भन्दै संघर्ष समितिले आन्दोलनमा जाने निर्णय फिर्ता लिएको हो ।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई सकारात्मक रुपमा लिएको भन्दै बेलायत सरकारले पत्र लेखेर पठाएको संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लालबहादुर घिसिङ्गले बताए । घिसिङ्गले नेपाल सरकारले बिगतमा झैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी दिए ।

प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले पनि सरकारलाई ब्रिटिश गोर्खाका पूर्व सैनिकहरुको सम्बन्धमा बेलायत सरकारसँग बार्ता गर्न निर्देशन दिएको छ । ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधान गर्न उच्चस्तरीय बार्ता समिति गठन गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment