Comments Add Comment

एसईई उत्तीर्ण विद्यार्थीलाई नेपाली जुत्ताघरको छात्रवृत्ति योजना

१६ असार, काठमाडौं । नेपाली जुत्ताघरले एसईई छात्रवृत्ति योजना कार्यक्रम ल्याएको छ । स्वदेशी छाला जुत्ता तथा फुट वयर उत्पादक कम्पनीहरुको साझा विक्री केन्द्र जुत्ताघरले एसईई पास गरेर उच्च शिक्षा लिदै गरेका विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति कायक्रम ल्याएको हो ।

यस योजना अन्तरगत कम्पनीले आफ्ना जुनसुकै साखा कार्यलय तथा पसलहरुबाट खरिद गरिएका जुत्ता चप्पल तथा नेपाली उत्पादनमा छात्रवृत्ति कुपन प्रदान गरिने र त्यसैको आधारमा लक्किड्र मार्फत विजेता छानिने जनाएको छ ।

कम्पनीको नियम अनुसार पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने २८ जना विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार वितरण गरिने छ । पहिलो हुने एक जनालाई रु. ५० हजार नगद प्रदान गरिने जनाएको छ भने दोस्रो हुने दुई जनालाई जनही २५ हजार नगद, तेस्रो हुने ५ जनालाई १०/१० हजार र सान्त्वनास्वरुप २० जनालाई दुई जोर कलेज डे«स जुत्ता प्रदान गरिने कम्पनीले जनाएको छ ।

तर, यसका लागि कम्पनीले सशर्त नियम लगाएको छ । जुत्ता चप्पलको खरिदमा विद्यार्थीले अनिवार्य परिचयपत्र तथा प्रमाणपत्र पेस गर्नुपर्ने छ । सोबापत कम्पनीले प्रदान गरेको कुपन अर्धकट्टी आफुसँग सुरक्षित राख्नुपर्ने छ । अन्यथा पुरस्कार नपाउने कम्पनीले जनाएको छ ।

यो योजना असार १६ गतेदेखि लागु हुने कम्पनीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ भने विजेताको घोषणा भाद्र १ गते जमलस्थित नेपाली जुत्ताघरको आफ्नै कार्यलमा प्रत्यक्ष लक्कि ड्र मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

यस योजना अन्तर्गत नेपालमा उत्पादित शिखर सुज, बिएफ डियरहिल सुज, क्रस रोड, कोसेली, सफ्टटच सुज, लेदर विङ्गस, टाकुरा सुज, इजी शुज, टम टेलर र शुल्याण्ड गरि १० ब्राण्ड समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment