Comments Add Comment

वेष्ट इन्डिजविरुद्ध श्रीलंकाको जित

१७ असार, काठमाडौं । विश्वकप क्रिकेटमा सोमबार राति भएको खेलमा वेष्ट इन्डिजलाई पराजित गर्दै श्रीलंकाले सेमिफाइनल पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इन्डिजलाई २३ रनले पराजित गरेको हो । ३३९ रनको ठूलो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३१५ रन मात्रै बनाउन सक्यो ।

वेष्ट इन्डिजका लागि निकोलस पुरनले शतक बनाएपनि आफ्नो टिमलाई जित दिलाउन सकेनन् । उनले १०३ बलमा ११ चौका र चार छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए । त्यस्तै फाबियन एलिनले ५१ रन बनाउँदा क्रिस गेलले ३५ रन बनाएका थिए ।

खराब सुरुवात गरेको वेष्ट इन्डिजले जित नजिक पुगेर पनि हार ब्यहोरेको हो । १८ बलमा ३१ रन चाहिएको थियो । वेष्ट इन्डिजको जित सुनिश्चित जस्तै थियो । किनभने क्रिजमा थिए निकोलस पुरन । उनी ११८ रन बनाएर खेलिरहेका थिए । तर ४७.१ ओभरमा उनी रनआउट हुन पुगेसँगै खेल श्रीलंकाको पक्षमा गएको हो ।

बलिङतर्फ लासिथ मालिंगाले तीन विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३३८ रन बनाएको थियो । श्रीलंकाका लागि अभिश्का फेर्नान्डोले शतक बनाए । उनले १०३ बलमा ९ चौका र दुई छक्का प्रहार गर्दै १०४ रन बनाएका थिए ।

त्यस्तै, श्रीलंकाका लागि कुशल परेराले ६४, लाहिरु थिरिमानेले अविजित ४५, कुशल मेन्डिसले ३९ र कप्तान दिमुथ करुनरत्नेले ३२ रन बनाए । बलिङतर्फ कप्तान ज्यासन होल्डरले दुई विकेट लिए ।

जितसँगै श्रीलंकाको ८ खेलबाट तीन खेलमा जित र तीन खेलमा हार तथा दुई खेलमा भने वषर्ाको कारण अंक बाँड्दै ८ अंक भएको छ । अब श्रीलंका सेमिफाइनलमा पुग्नका लागि इंग्ल्यान्ड र पाकिस्तानले हार्नु पर्छ भने बंगलादेशले पनि दुई खेल मध्ये एक खेल हार्नु पर्छ । तर श्रीलंकाले आफ्नो अन्तिम खेलमा भने फराकिलो अन्तरले जित हात पारेमा उसको सेमिफाइनल पुग्ने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment