+
काभा पुरुष भलिबल च्याम्पियनसिप :

काभा पुरुष भलिबल च्याम्पियनसिप : नेपालले लिगको अन्तिम खेलमा उज्वेकिस्तानसँग खेल्दै

२०८३ साउन  ११ गते ९:२० २०८३ साउन ११ गते ९:२०

अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले सोमबार उज्वेकिस्तानसँग आफ्नो अन्तिम लिग खेल खेल्दैछ ।
  • अहिलेसम्मका चारै खेलमा पराजित नेपाल ३ अंकसहित तालिकाको पुछारमा छ ।
  • नेपालले सेमिफाइनलको झिनो आशा जीवित राख्न उज्वेकिस्तानलाई सोझो सेटमा हराउनुका साथै अन्य खेलको नतिजा आफ्नो अनुकूल आउनुपर्नेछ ।

११ साउन, काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले अन्तिम लिग खेल सोमबार उज्वेकिस्तानसँग खेल्दैछ ।

इस्लामावादस्थित लियाकत जिम्न्यासियममा खेल नेपाली समय अन्सार विहान ११:१५ बजे सुरु हुनेछ ।

अहिलेसम्म खेलेको चार वटै खेलमा पराजित भएको नेपाल अझै पहिलो जितको खोजीमा छ । उज्वेकिस्तानले भने चार मध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो ।

नेपालले खेलेको चार मध्ये तीन खेलमा पाँचौ सेटमा पुगेर पराजित भएको थियो भने पाकिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । नेपालको खातमा जम्मा ३ अंक मात्र छ  र ६ टोली सहभागि च्याम्पियनसिपमा पूछारमा छ ।

शीर्ष चारमा रहेर सेमिफाइनल पुग्ने नेपालको सम्भावना झिनो मात्र छ । सेमिफाइनल नेपालले उज्वेकिस्तानलाई सोझो सेटमा हराएर अन्य खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

घरेलु टोली पाकिस्तान चारै खेलमा जित हात पार्दै शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेर शीर्ष स्थानमा छ ।  उज्वेकिस्तान र बंगलादेशको समान ६ अंक छ भने श्रीलंकाको ५ र कजाखस्तानको ४ अंक छ ।

सोमबारै बंगलादेश र श्रीलंका तथा पाकिस्तान र कजाखस्तानबीचको पनि खेल हुनेछ । लिग चरणको अन्तिम तीन खेलपछि सेमिफाइनल समिकरण तय हुनेछ भने पाँचौ स्थानको प्लेअफका लागि खेल्ने टिमको पनि टुङ्गो लाग्नेछ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

पूछारको दुई टोलीले पाँचौ स्थानको लागि प्लेअफ खेल्नेछन् ।

 

काभा पुरुष भलिबल च्याम्पियनसिप नेपाल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय