+
+

आयुष्मानको प्रश्न–‘प्रियंका र मेरो बिहेको कुराले मान्छेलाई किन काउकुती लागिरहेको छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते ११:५०

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी लामो समयदेखि प्रेममा छन् । उनीहरुले इन्गेजमेन्ट पनि गरिसकेका छन् । यही असारमा उनीहरुले बिबाहको मिति पनि पक्का गरेका थिए । तर, अब उनीहरुले यो असारमा बिबाह नगर्ने भएका छन् । उनीहरुले आफ्नो बिबाहलाई थाती राखेका छन् ।

यो असारमा किन बिहे हुन सकेन, आयुष्मान भन्छन्–‘किन हाम्रो बिबाहको कुराले मान्छेहरुलाई काउकुती लगाइरहेको छ ? आफू बिबाह गरेर पछुताएर म पनि फस्न लागे भनेर हो कि ? मलाई बिबाह नगर भनिरहेको हो कि ? मैले बुझ्नै सकेको छैन् ।’

सेलिब्रिटी भएपछि आफूमा धेरैको नजर पर्ने कुरालाई स्विकार्दै उनले थपे–‘बिबाह भनेको मायामा बाँधिएर रमाउने कुरा हो । कागजमा लेखेर सम्बन्ध राम्रो अनी लामो होला भन्ने पनि छैन । त्यो कुरा मैले कतिको जीवनमा देखेको छु । आफूले पनि भोगेको छु । त्यसैले माया गाढा रहोस् भन्ने चाहन्छु । बिबाह नै हुनुपर्छ भन्ने छैन ।’

बिबाहको लागि राम्रो समय हेरिरहेका छन् ‘आंयंका’ जोडी । राम्रो समय मिल्ने बित्तिकै उनीहरु बिबाह गर्ने योजनामा छन् । आयुष्मानले भने–‘अहिले व्यस्त पनि भइयो । बिबाह भनेको खर्च पनि हो । त्यो पनि जुटाउन पर्यो । त्यसैले पनि केही ढिलासुस्ती भएको हो । राम्रो समय आउने बित्तिकै बिबाह हुन्छ ।’

आयुष्मान अभिनित चलचित्र ‘सानो मन’ असारको २७ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा आयुष्मानले नायिका शिल्पामा मास्केसँग रोमान्स गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?