Comments Add Comment

देशको वेथिती बोल्ने नाटक ‘विकास भर्सेस निकास’

तपाई रत्नपार्क आसपासमा पुग्नुभयो भने आफ्नो जीवनको लागि अरुको भर पर्ने मान्छेहरु धेरै देख्नुहुन्छ । मन खोलेर सहयोग गर्न थाल्नुभयो भने तपाईले आफ्नो खल्ती रित्तिएको थाहा पाउनुहुन्न । सोहि रत्नपार्कमा पुगेर मनकारी डाक्टर सुन्दर शर्माले आफ्नो खल्ती रित्याउछन् । मृगौला पिडितदेखि भोका, नाङ्गा र कसैको साहारा नभएकाहरुलाई उनले सहयोग गरेका हुन्छन् ।

तर, डाक्टर सुन्दर शर्माले आफ्नो खल्ती रित्तो बनाएको कथा वास्तविकतामा भने हैन । भलै रियल लाइफमा पनि यस्तो मान्छेहरु धेरै भेटिन्छन् । सर्वनाम थिएटरमा मञ्चन भइरहेको नाटक ‘विकास भर्सेस निकास’मा उनले दिल खोलेर सहयोग गरेका हुन् ।

कस्तो छ कथा ?
एक नेपाली सुन्दर शर्मा (दिपक आचार्य, काकु) । जसले पढेर डाक्टर बन्ने सपना देखेको हुन्छ । तर, नेपालमा पढ्ने वातावरण नभएपछि उ अमेरिका पुग्छ र डाक्टर पढ्छ । डाक्टरी पास गरेपछि लामो सामय अमेरिकामा नै बसेर त्यहाँको विरामीलाई उपचार गर्छ । तर, पछि उ आफ्नो देशको माटो सम्झेर नेपाल फर्किन्छ ।

नेपाल फर्किएको बेला उसलाई माला र खदाले सम्मान गरिन्छ । तर, त्यो सम्मान उसले ग्रहण गर्दैन । कारण, उसलाई त्यो सम्मानमा हिनताबोध छ । नेपालको लागि केही गर्न नसकेकोमा उसलाई आत्मग्लानी छ । अब उ नेपालको लागि केही गर्न चाहन्छ ।
’डाक्टर्स फ्याक्ट्रि’ नामक संस्थाको उद्घाटन गर्दैगर्दा उसले आफूलाई समाजसेवा गर्न मन लागेको बोल्छ । त्यहाँ उपस्थित एक शिक्षकले गोरखामा रहेको आफ्नो विद्यालयमा सहयोग गर्दिन आग्रह गर्छ । उसले आफ्नो विद्यालयको झुटो आँकडा दिएर सहयोगको लागि उक्साएको हुन्छ ।

उक्त शिक्षकलाई थाहा नदिई सुन्दर शर्मा उक्त विद्यालय अवलोकनको लागि गोरखा पुग्छ । त्यहाँ पुग्दा उसले शिक्षकले बोलेको भन्दा विद्यालयको अवस्था ठिक उल्टो पाउँछ । उ मन दुखाउँदै त्यहाँको स्वस्थ्य चौकीको अवस्था बुझ्न पुग्छ ।
स्वस्थ्य चौकीमा भएको लपरवाही पनि दुखदायी नै हुन्छ । अझ त्यहाँको कर्मचारीले माग गरेका आवस्यकताहरु पनि लाजस्पद थिए । सुन्दरको मन दुख्छ ।

विद्यालय र स्वस्थ्य चौकीको अवस्था देखेर सुन्दर रजनीतिक दलसम्म पुग्छ । नेताको अवस्था पनि उस्तै हुन्छ । नेताले आफ्नो पार्टीले सम्पूर्ण समस्या पार गरिदिने तर आफ्नो पार्टीलाई चन्दा दिनुपर्ने बताउँछन् । त्यहाँ सुन्दरले आफ्नो समस्या देखाउन नै पाउदैन । कहिले भ्रष्ट्राचारको चंगुल त कहिले मनपरितन्त्रको भीड । सुन्दर यस्तै यस्तै कुराले उदास हुन्छ । सर्वनाम थिएटरमा मञ्चन भैरहेको नाटकले अरु पनि धेरै कथा बोल्छ । जसका लागि तपाइले नाटक नै हुर्नुपर्ने हुन्छ ।

के राम्रा÷के नराम्रो ?
नाटकले उठाएको वियषबस्तु यथार्थपरक छ । हाम्रो समाजमा देखिएका उदेकलाग्दो पाटोहरुलाई नाटकले यथार्थपरक ढंगले उठान गरेको छ । नाटकलाई पूर्ण रुपमा आफ्नो काधँमा बोकेका मुख्य कलाकार दीपक आचार्यको काम पनि प्रशंसनिय छ । अन्य कलाकारहरुको अभिनय पनि तारिफयोग्य छ ।

नाटकमा देखाइएको विविधता पनि सम्झिनै पर्ने पक्ष हो । निर्देशक रामबाबु रेग्मीले गरेको मिहिनेत नाटकमा देखिन्छ । तर, नाटक ’सेट डिजाइन’ त्यती सन्तोषजनक छैन । गोरखाको गाउँमा पुग्दा र रत्नपार्कको फुटपाथमा आइपुग्दा पनि सेटमा कुनै परिवर्तन गरिएको छैन । नाटकमा यो कुरामा ध्यान दिएको भए राम्रो हुन्थ्यो ।

अर्को कुरा, सुन्दर शर्माले बोल्ने संवादहरु लामो लाग्न सक्छन् । हरेक पटक उनले प्रवचन दिइरहेको जस्तो दर्शकलाई लाग्न सक्छ । यदि यी कुरालाई पचाउने हो भने नाटकले राम्रो शिक्षा सहित हाम्रो मौलिक कथालाई प्रस्तुत गरेको छ ।
१ घन्टा २० मिनेट लामो नाटकमा दिपक आचार्य, मिलन गुरुङ, विक्रम माझी, गौरव सापकोटा, सन्दिप घिमिरे, उमाकान्त सापकोटा, प्रकाश कट्टेल, अमृता श्रेष्ठ, सुरज केसी, साशंक उप्रेती, बिरेन्द्र मुखिया, अजय रेग्मी, प्रियना आचार्य लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment