Comments Add Comment

आफ्नो निष्ठा र धर्ममाथि हस्तक्षेप भएको भन्दै जाइराले छाडिन् बलिउड

चलचित्र ‘दंगल र सेक्रेट सुपरस्टार’बाट निकै नै राम्रो नाम कमाएकी बलिउड कलाकार जाइरा वासिमले बलिउड छाडेको घोषणा गरेकी छिन् । सामाजिक संजालमा लामो पत्र लेख्दै उनले बलिउड छाडेको घोषणा गरेसँगै यतिबेला उनका फ्यानहरु आश्चर्यचकित भएका छन् । उनले १८ बर्षको उमेरमा नै बलिउड छाड्ने निर्णय किन लिइन् भन्ने प्रश्नहरु पनि सोझिएका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘दि स्काई इज पिंक’ रिलिजको क्रममा छ ।

जाइराले बलिउड छाड्नुको मुख्य कारण आफ्नो निष्ठा र धर्ममाथि नै हस्तक्षेप भएको उल्लेख गरेकी छिन् । काश्मिरमा जन्मिएकी यी कलाकार बेला–बेलामा धर्मलाई लिएर विवादित पनि बन्दै आएकी थिइन् । उनको बचाउमा बलिउड नायक आमिर खान उत्रिएका पनि थिए ।

उनले लेखेकी छिन्–‘पाँच बर्ष अगाडि मैले एउटा निर्णय लिएँ, जसले मेरो जिन्दगी सधैका लागि बदलिदियो । मैले बलिउडमा कदम राख्दै जादा यसले मेरो लोकप्रियताको ढोका खोलिदिएको थियो । म जनताको ध्यानमा तानिन पुगेकी थिएँ । मलाई सफलताको विचारमा प्रस्तुत गर्न थालिएको थियो र यूवाहरुका लागि एक आदर्श व्यक्तिको रुपमा पहिचान दिन थालिएको थियो । तर, वास्तविक रुपमा यस्तो केही पनि होइन ।’

उनले अगाडि लेखेकी छिन्–‘मैले बलिउडमा ५ बर्ष पुरा गरेकी छु । म यो कुरा स्विकार गर्न चाहन्छु कि म यो पहिचानमा खुशी छैन । मलाई लामो समयपछि यो कुरा महशुश हुन थालेको छ कि, मैले कोही अरुका लागि संघर्ष गरिरहेको छु । यसका लागि मैले आफ्नो समय, प्रयास, भावना समर्पित गरेकी छु र एउटा नयाँ जीवनशैली जीउने कोशिश गरिरहेकी छु । यो मलाई संझाउनका लागि मात्र थियो कि, म यहाँ फिट हुनसक्छु । मलाई यो क्षेत्रले माया, समर्थन, प्रशंसा सबै दिएको छ । तर, मलाई अज्ञानताको बाटोमा जानका लागि प्रेरित गरिरहेको छ । म चुपचाप मेरो मर्यादाबाट बाहिर गैरहेकी छु ।’

जाइरा अगाडि लेख्छिन्–‘मैले यस्तो वातावरणमा काम गर्ने प्रयास निरन्तर गरिरहेँ, जसले मेरो इज्जतमा हस्तक्षेप गरेको थियो र मेरो धर्मको साथ मेरो सम्बन्ध पनि जोखिममा थियो । मैले आफूलाई नै संझाउन थाले कि मैले जे गरिरहेको छु त्यो ठिक छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment