+
+
Shares

आईफा अवार्डमा माधव नेपालको टिप्पणी : नेपालीले दुःख पाउने, विदेशी रमाउने राम्रो होइन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १७ गते १२:१७

१७ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारी खर्चमा भारतीय फिल्म अवार्ड (आईफा) गर्ने तयारीको विरोध गरेका छन् ।

पूर्वसांसद मञ्च नेपालको १९ औ साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले आईफाबारे बोलेका हुन् । नगरपालिकाले करोडौं तिरेर अवार्ड गर्ने निर्णयले नेपाली फिल्म निर्माताहरु चिन्तित भएको आफूले पाएको उनले बताए ।

पर्यटन प्रवर्द्धन गर्न ध्यान पुर्‍याउन पर्ने तर, आफ्नो देशको साधन स्रोतलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्ने उनले बताए । नेकपा नेता नेपालले भने, ‘राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजीहरु फस्टाउने, नेपालीहरुले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन । नेपालको उद्योगधन्दाहरु धरासायी हुने विदेशीहरुका उद्योगहरु लहलहाउने स्थिति हुनुहुन्न ।’

उनले राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?