Comments Add Comment

सावित्रा भण्डारी बनिन् उत्कृष्ट महिला खेलाडी

१७ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड सावित्रा भण्डारीले जितेकी छन् ।

उनले भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी निमा गुरुङ, जुडोकी मनिता श्रेष्ठ प्रधानलाई पछि पार्दै उत्कृष्ट महिला खेलाडी बनेकी हुन् । नेपाल महिला साफ च्याम्पियनसिपमा उपविजेता हुँदा सर्वाधिक गोल गरेकी भण्डारीले नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका निर्वाह गरेकी थिइन् ।

त्यस्तै भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान गरेकी घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी र महिला फुटबल लिग २०७५ कि सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेकी थिइन् । भण्डारी प्रधान सेनापति कप फुटबलमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

सावित्राबारे थप जान्न यो पनि पढ्नुहोस् : नामसँगै फेरिएको साम्बाको फुटबल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment