+

विश्वकप क्रिकेट : अफगानिस्तान पहिलो जितको खोजीमा

२०७६ असार  १९ गते ६:२९ २०७६ असार १९ गते ६:२९
विश्वकप क्रिकेट : अफगानिस्तान पहिलो जितको खोजीमा

१९ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजविरुद्ध आज प्रतिस्पर्धा गर्दै गर्दा अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अफगानिस्तानले आज वेष्ट इन्डिजसँग नेपाली समयअनुसार सवा तीन बजे प्रतिस्पर्धा गर्नेछ । दुवै टिम स्पष्ट जित हात पार्दै विश्वकप टुंग्याउने लक्ष्यमा छन् ।

अफगानिस्तानले अहिलेसम्म जित हात पार्न सकेको छैन । उसले खेलेका ८ खेलमध्ये सबैमा हार ब्यहोरेको छ । त्यसकारण पनि आजको खेलमा जित हात पार्दै विश्वकपलाई अन्त्य गर्ने लक्ष्यमा छ अफगानिस्तान ।

अंकविहीन रहेको अफगानिस्तान पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्दै आएको छ । तर वेष्ट इन्डिजविरुद्धको खेलमा भने अब त्यस्तो गल्ती नगर्ने दाउमा छ ।

यता, वेष्ट इन्डिजले पनि जारी विश्वकपमा राम्रो गर्न सकेन । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेपछि वेष्ट इन्डिजले कुनै खेल जित्न सकेको छैन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय