+

नेदरल्यान्ड्स महिला विश्वकपको फाइनलमा प्रवेश

२०७६ असार  १९ गते ६:५९ २०७६ असार १९ गते ६:५९
नेदरल्यान्ड्स महिला विश्वकपको फाइनलमा प्रवेश

१९ असार, काठमाडौं । नेदरल्यान्ड्स महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अब नेदरल्यान्ड्सले उपाधिका लागि आइतबार अमेरिकासँग खेल्नेछ ।

बुधबार राति भएको खेलमा स्वीडेनलाई १-० गोलको कठिन जित निकाल्दै नेदरल्यान्ड्स विश्वकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । नेदरल्यान्ड्सकी ज्याकी ग्रोइनले गोल गरिन् ।

निर्धारित ९० मिनेटसम्ममा दुवै टिमले गोलरहित बराबरी खेलेपछि ३० मिनेटको समय थप गरिएको थियो । ९९ औं मिनेटमा ग्रोइनले गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएकी थिइन् । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि नेदरल्यान्ड्सले जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय