+

नेपाल र सिंगापुरबीचको खेल सुरु

२०७६ असार  २० गते ८:३० २०७६ असार २० गते ८:३०
नेपाल र सिंगापुरबीचको खेल सुरु

२० असार, काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोट प्रतियोगितामा समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध टस जितेर ब्याटिङ सुरु गरेको छ ।

किनरारा ओभलमा नेपालले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गरेपछि सिंगापुरले बलिङ थालेको छ । सिंगापुर र नेपाल दुवै टिम यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

यो खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ । कमजोर मानिएको सिंगापुरविरुद्ध नेपाल जित हात पार्दै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । यता, सिंगापुर भने नेपाललाई रोक्ने दाउमा छ ।

यसअघि भएको खेलमा दुवै टिमले चीनलाई पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेसँगै सेमिफाइनलमा स्थान बनाएको थियो । यता, सिंगापुरले पनि चीनलाई आठ विकेटले हराएको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय