Comments Add Comment

कमेडी च्याम्पियन सुरु हुँदै, विजेतालाई ५० लाख पुरस्कार

नेपालमा अहिले रियालिटी शोको माग बढ्दो छ । हरेक टेलिभिजनले कुनै न कुनै नाममा रियालिटी शो प्रशारण गरिरहेका छन् । अब, नेपालमा कमेडी शो सुरु हुने भएको छ । गाइजात्राको छेको पारेर कान्तिपुर टेलिभिजनबाट प्रशारण हुन लागेको शोको नाम ‘कमेडी च्याम्पियन’ राखिएको छ । थ्री प्रोडक्शनले निर्माण गर्न लागेको यो रियालिटी शोको निर्देशक बिशाल भण्डारी हुन् । उनले अब, अडिसनको तयारीमा लागेको सुनाए । यो शोमा हाँस्य कलाकार सन्तोष पन्त, मनोज गजुरेल, नायिका ऋचा शर्मा र निर्देशक प्रदिप भट्टराई निर्णायकको रुपमा रहनेछन् ।

निर्देशक भण्डारीले भने–‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाउनुपर्नेछ । यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पियनसिपको अडिसनमा सहभागीता जनाउन पाउनेछन् ।’

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिने आयोजकले बताएको छ । विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ । यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् ।

नायिका तथा निर्मात्री केकी अधिकारीले कसैलाई पनि मानहानी नगर्ने गरि शो तयार गरिने बताइन् । निर्णायक सन्तोष पन्तले आफूहरुको पालामा भन्दा अहिले कमेडी सेन्स भएका दर्शक र कलाकार बढेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment