Comments Add Comment

गर्मी मौसममा कसरी गर्ने कपालको हेरचाह

महिलाहरुलाई कपालको स्यहार गर्नु सधैं नै टाउको दुखाइको विषय हुने गर्दछ । झन् गर्मी मौसममा त लामो कपाल समस्या नै बन्ने गरेको सुन्न पाइन्छ । महिलाहरुका लागि केश सौन्दर्यको प्रमुख आकर्षण हो । त्यसैले जाडो मौसम होस् अथवा गर्मी, कपाललाई सधैं आकर्षक बनाइरहनु आफैंमा एउटा चुनौती झैं हुन्छ । जति नै चुनौती भए पनि महिलाहरु आफ्नो कपाल सुन्दर बनाउनका लागि जे जस्तो तपस्या गर्न समेत पछि पर्दैनन् । कपाल लामो भए पनि, छोटो भए पनि त्यो नरम, मुलायम र चम्किलो हुनै पर्छ भन्ने मान्यता रहँदै आएको छ । आउनुहोस्, केही उपाय अपनाएर कपाललाई आकर्षक बनाउने प्रयास गरौं ।

-हप्तामा एकपटक कपलामा राम्ररी तेल लगाउनु पर्छ । तेल लगाएर करिव आधा घण्टासम्म त्यत्तिकै छाड्नु पर्छ । आधा घण्टापछि तेल लगाएको कपालमा दुई वटा अण्टा फिटेर औंताको सहयोगले कपालको जरादेखि टुप्पो सम्म लगाउनु पर्छ । अण्डा लगाएको करिव दश मिनेटपछि गुणस्तरीय स्याम्पोले कपाल सफा गर्नु पर्छ । स्याम्पो हर्बलयुक्त भयो भने सुनमा सुगन्ध थपिन्छ ।

-गर्मीमा हरेक दिन कपाल धुनु राम्रो मानिन्छ । त्यसरी कपाल धोएपछि टाउको निहुराएर उल्टोतर्फ ब्रस गर्नु पर्छ । उल्टोबाट ब्रस गर्नाले टाउकाको रक्त सञ्चारमा सकारात्मक सहयोग मिल्छ, जसले तपाईंको कपाललाई आकर्षक तथा स्वस्थ राख्न सहयोग पुर्‍याउँछ । यदि तपाईंको कपाल लामो छ भने एउटा हातले कपाल समातेर अर्को हातले ब्रस गर्न सकिन्छ । यसो गर्दा तपाईंको कपाल टुक्रिने सम्भावना रहँदैन ।

-केश चिल्लो छ भने तेल लगाउनु पर्दैन । चिल्लो केश हप्तामा दुईपटक स्याम्पु गर्नुपर्छ । स्याम्पु गर्नुभन्दा पहिले एउटा अण्डाको सेतो भागमा एउटा कागतीको रस मिसाई दस मिनेट लगाएर बस्ने र पछि धोएर स्याम्पु गर्ने ।

-हेयर ड्रायर तथा हेयर स्प्रेको बढी प्रयोग नगर्ने । हेयर स्प्रे छालाका लागि हानिकारक हुन्छ ।

-कपाल जति नै लामो भए पनि महिनामा कम्तिमा एक पटक कपाल छोट्याउनै पर्छ । त्यसो गर्दा प्रत्येक पटक करिव एक इन्ट कपाल काट्न सकिन्छ । यदि प्रत्येक महिना कपाल काट्नु भएन भने कपालको टुप्पोमा बढेको हाँगाले गर्दा कपाल र्झने सम्भावना उत्तिकै रहन्छ ।

-यदि गर्मी मौसममा तपाईंको कपाल झरिरहने समस्या छ भने यसलाई घरायसी उपायबाट जोगाउन सकिन्छ । त्यसका लागि एक चम्चा महमा एक चम्चा ब्राण्डी मिसाएर कपालको जरामा औंलाले मालिस गर्ने र दश मिनेटसम्म त्यत्तिकै छाडिदिनु पर्छ । करिव दश मिनेटपछि स्याम्पू गरेपछि कपाल झर्ने सम्भावना कम हुन्छ ।

-कपालमा प्रँकृतिक चमक चाहानु हुन्छ भने त्यसका लागि तपाईंले अमला तथा सिकाकाईको प्रयोग गर्न सक्नु हुन्छ । अमला र सिकाकाईलाई बराबर मात्रा भिजाएर लेदो बनाएपछि त्इसलाई कपालमा लगाउनु पर्छ । करिव दश मिनेटपछि स्याम्पो गर्नाले कपाल चम्किलो देखिन थाल्छ ।

-अचेल विभिन्न कारणहरुले गर्दा हाम्रो कपाल उमेर नपुग्दै फुल्न थालेको समस्याहरु सुन्न पाइन्छ । यदि तपाईंको पनि उमेर नपुग्दै कपाल फुलेको छ भने त्यसलाई तानेर निकाल्ने गल्ति गर्नु हुँदैन । यदि फुलेको कपाल निकाल्नु छ भने जरामै कैंचीले काटिदिनु पर्छ । फेलेको कपाल उखेल्दा जराबाट निस्कने तर पदार्थले अन्य कालो कपाललाई समेत सेतो बनाइदिने सम्भावना रहन्छ ।

-कपालका लागि मेहन्दी राम्रो कन्डिसनर मानिन्छ । मेहन्दी बनाउनका लागि दुई कप मेहन्दी, एक कप दही, दुईवटा अण्डा, एक चम्चा हर्बल तेलको मिश्रण बनाउनु पर्छ । मेहन्दी लगाउनु भन्दा पाँच मिनेट अगाडि कपाललाई बाफ दिनु पर्छ । त्यसपछि मात्र मेहन्दी लगाउँदा कपाल स्वस्थ राख्न सकिन्छ ।

कसलाई कस्तो हेयर स्टाइल

-यदि तपाईंको निधार ठूलो छ भने पनि चिन्ता नलिनुहोस्, ठूलो निधार भएकाहरूले अगाडिको केशले आफ्नो निधार छोप्न सक्नु हुनेछ ।

-अग्ली तर पातली हुनुहुन्छ भने तपाईंले आफ्नो कपाललाई खुल्ला छोडेको राम्रो देखिन्छ ।

-यदि तपाईं मोटी हुनुहुन्छ भने तपाईंले आफ्नो कपाल खुल्ला छोड्नु भयो भने तपाईंलाई अझ मोटी देखिन्छ ।

-यदि तपाईंको अनुहार हल्का चेप्टो तथा चारपाटे छ भने तपाईंलाई छोटा कपाल अथवा हेयर स्टाइल सुहाउँदैन । तपाईंलाई कुमसम्मको स्टेप, सैगी हेयर स्टाइल सुहाउँछ, जसले अनुहारको कमजोरी छोप्न मद्दत मिल्छ ।

-कामकाजी महिलाहरुलाई छोटो कपाल नै सुहाउँछ । लामो कपाल राख्नु हून्छ भने तपाईंले त्यसको जुरो बनाउन अथवा बाट्न सक्नु हुन्छ ।

-यदि तपाईंको उमेर ३० वर्षभन्दा बढि छ भने तपाईंलाई लामो कपालको साटो कुमसम्म काटेको कपाल बढि सुहाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment