News Summary
Generated by OK AI. Editorially reviewed.- केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन्।
- २१ किलोमिटरको रेसमा डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड र एनीले दुई घन्टा ४५ मिनेट समय लिएर विजेता बनेका छन्।
- प्रतियोगितामा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स लगायत १३ देशका ११० धावकधाविकाले भाग लिएका थिए।
२५ असोज, काठमाडौँ । केभीआर समिट च्यालेन्ज तेस्रो संस्करणको पहिलो चरणमा पुरुषतर्फ डेनमार्कका डेनियल मोयलर र महिलातर्फ नेदरल्यान्ड्सकी एनी माइ बान पहिलो भएका छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २१ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता डेनियलले दुई घन्टा २१ मिनेट ३२ सकेन्ड समय लगाए । नेपालका दिपक मान तामाङ दुई घन्टा ३१ मिनेट २ सकेन्ड समय लगाएर दोस्रो भए । तेस्रो हुने भरत गुरुङले दुई घन्टा ३१ मिनेट ४ सकेन्डमा दौड पूरा गरे ।
महिलातर्फ एनीले दुई घन्टा ४५ मिनेट समयसहित सबभन्दा चाँडै दौड पुरा गरिन् । अमेरिका/जर्मनीकी सोन्या मार्टिन (२ः५८ः३० सकेन्ड) दोस्रो र आइसल्यान्डकी सोफी स्टाइनकर (३ः०९ः१३ सकेन्ड) तेस्रो स्थानमा रहे ।
ट्रेल रनिङमा नयाँ सहभागीहरुका लागि वा विस्तारै दृश्यावलोकन गर्न चाहनेका लागि ७ किलोमिटरको फन रन-हाइक पनि राखिएको थियो । जसमा नेपालका डा. आकार शेर्पाली (१ घन्टा ३ मिनेट) पहिलो, अमृत शाही ठकुरी (१ घन्टा ४ मिनेट) दोस्रो र सुजन श्रेष्ठ (१ घन्टा ९ मिनेट) तेस्रो भए । महिला वर्गमा निशा महर्जन (१ घन्टा १० मिनेट) पहिलो, अमेरिकाकी एरिका मिक्स (एक घन्टा २७ मिनेट) दोस्रो र अमेरिकाकै ग्वेन्डोलिन सेइफर (१ घन्टा २९ मिनेट) ले तेस्रो स्थान हासिल गरे ।
हात्तीवन, चम्पादेवी, भश्मेश्वर, पुरानो दक्षिणकाली हुँदै फर्पिङमै सम्पन्न भएको पहिलो रेसमा नेपाल, अमेरिका, आइसल्यान्ड, युके, नेदरल्यान्ड्स, डेनमार्क, जापान, भारत, फ्रान्स, स्वीडेन, बेल्जियम, नवेै र जर्मनीका गरी ११० धावकधाविकाको सहभागिता रहेको थियो । यस सत्रमा केभीरआर समिट च्यालेन्समा पाँच चरण हुनेछ । अब रेस २ नोभम्बर ८, रेस ३ डिसेम्बर ८, रेस ४ सन् २०२६ को जनवरी १० र रेस ५ फेबु्रअरी १ मा आयोजना हुनेछ ।
‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिताको आयोजना गर्दैछ ।
नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले विजेतालाई पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया 4