+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि सम्वन्धी एक अन्तरक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २१ गते १५:५४

२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयले शुक्रबार नेपालगञ्जमा “समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि” सम्वन्धी एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटाको संयोजकत्वमा आयोजित उक्त कार्यक्रमा नेपालगञ्जस्थित विभिन्न सरकारी कार्यालयहरुका प्रमुख वा प्रतिनिधिहरु, बैकरहरु, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, प्राध्यापक, पत्रकार लगायत आर्थिक क्षेत्रसँग सरोकार राख्ने व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बाँके जिल्लाको आर्थिक तथा मौदि्रक स्थिति, समस्या तथा सुधारका लागि सरकार तथा केन्द्रीय बैंकले चाल्नुपर्ने कदम बारे सरोकारवालाले जिज्ञासा एबम सुझाव राखेका थिए ।

बैंकको उच्च व्याजदरका कारण उद्योगी/व्यावसायीहरुले आफ्नो कारोबार सोचे अनुरुप संचालन गर्न नसकेको विषय प्रमुख रुपमा उठेको थियो ।

अन्तरक्रियामा उठेका कतिपय विषयहरु तत्कालै सम्वोधन तथा नीतिगत विषयहरु नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय एवम् सरकारलाई समेत सुझाव पठाईने विश्वास दिलाउँदै कार्यक्रमलाई निर्देशक  सापकोटाले समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?