+

अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड

२०७६ असार  २२ गते ७:०७ २०७६ असार २२ गते ७:०७
अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड

२२ असार, काठमाडौं । कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराएको छ र कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ ।

आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा खेलमा अर्जेन्टिनाले १२ औं मिनेटमा सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । उनले मेस्सीको पासमा गोल गरेका थिए । १० मिनेटपछि पाउलो डिबलाले गोल गर्दै अग्रता दोब्बर बनाए ।

मेस्सीलाई रातो कार्ड

खेलको ३७ औं मिनेटमा अर्जेन्टिनालाई नराम्रो झड्का लाग्यो, जब मेस्सीले रातो कार्ड पाए । उनीसँगै चिलीका ग्यारी मेडलले रातो कार्ड पाएका थिए ।

लिओनल मेस्सी कोपा अमेरिका जित्न चाहन्थे तर, सेमिफाइनलमा ब्राजिल बाधक बन्यो । चिलीलाई हराउँदै अर्जेन्टिना तेस्रो त भयो तर, मेस्सीले रातो कार्डसँगै प्रतियोगिता अन्त्य गरे । यो उनको करियरकै दोस्रो रातो कार्ड हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय