Comments Add Comment

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२२ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ ।

बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हने नेताहरुले बताएका छन् ।

बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । नियमावली पारित भएपछि मात्र पार्टीका संरचना निर्माणको बाटो खुल्ने छ ।

देश संघीय संरचनामा गए पनि त्यसअनुसार कांग्रेसको पार्टी संरचना निर्माण भएको छैन । देउवा र पौडेल पक्षबीच ६० र ४० को अवधारणाअनुसार संरचना निर्माणको विषयमा छलफल हुँदै आए पनि सहमति भएको छैन ।

बैठक बस्नुअघि पनि दुवै पक्षका नेताहरूले आ–आफ्नो तयारी गरेका छन् । देउवापक्ष पार्टीका संरचना सहमतिका आधारमा निर्माण गर्ने पक्षमा रहे पनि पौडेल पक्ष निर्वाचनको पक्षमा देखिएको छ । यससँगै पौडेल पक्षले १४ औं महाधिवेशनको सुनिश्चिततामा जोड दिइरहेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी विधान र संविधानको व्यवस्थाअनुसार नै संरचना निर्माण हुने बताए । उनले नेविसंघ लगायतका भ्रातृ संस्थाहरूबारे पनि शीर्ष नेताहरुबीच परामर्शपछि आवश्यक निर्णय लिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

नार–फूको यात्रा

Advertisment