Comments Add Comment

प्रदेशसभा बैठक नबस्दा बजेट पारितमा ढिलाइ

२२ असार, जनकपुरधाम । प्रदेश २ को आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको सैद्धान्तिक छलफल सकिए पारित हुन सकेको छैन । बजेट प्रस्तुत भएको महिना दिन बित्न लाग्दासमेत बजेट पारित गर्न सरकारले समेत चासो देखाएको छैन ।

असार १ गते प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको थियो । असारभित्र बजेट पारित गराइसक्नुपर्नेछ । बजेट प्रस्तुत भएको चार दिनपछि प्रदेशसभा सचिवालयमा बजेटबारे सैद्धान्तिक छलफल भएको थियो । सैद्धान्तिक छलफल सकिएपछि हालसम्म प्रदेशसभा सचिवालयको बैठक नै बस्न सकेको छैन ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव विनियोजन विधेयक प्रदेशसभा सचिवालयमा पठाइसकिएकाले चाँडै बैठक बस्ने बताएका छन् । ‘विनियोजन विधेयक पठाइसकेका छौं, अब सभामुखज्यूले कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर प्रदेशसभाको बैठक बोलाउन सक्नुहुन्छ’ उनले भने ।

प्रदेश सरकारले यस पटक निर्वाचित सांसदले ३ करोड रुपैयाँ र समानुपातिक सांसदले १ करोड रुपैयाँ खर्च गर्न पाउने गरी बजेट ल्याएको छ । यसमध्ये निर्वाचित सांसदले १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन् । यस्तै समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने भएका छन् ।

यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् । प्रदेश २ मा ६४ जना समानुपातिक र ४१ जना समानुपातिक गरी १०७ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment