Comments Add Comment

नयाँ पुस्ताले नबुझेको फेसन

फेसन के हो ?

फेसन के हो ? जवाफ तपाईंको मुखमा झुन्डिएको छ । तपाईं भन्नुहुन्छ, ‘बजारमा चलेको शैली नै फेसन हो ।’ यो जवाफ खासगरी तपाईंको पहिरनमा केन्दि्रत हुनेछ । नयाँ-नयाँ डिजाइनको पहिरन लगाउनु, स्टाइलिस देखिनुलाई हामी फेसन भनेर बुझ्छौं । बजारमा चलेको फेसन ट्रेन्ड पच्छ्याउनुलाई फेसनेवल भन्यौं । यसरी हामीले फेसनको आफ्नै परिभाषा तयार गर्‍यौं ।

हुन पनि पहिरन अब लाज ढाक्ने बस्त्र मात्र रहेन । पहिरन व्यक्तित्वकै एक हिस्सा बन्न पुग्यो । कुन मान्छे कस्तो हो भन्ने कुराको अनुमान पनि उनले लगाउने पहिरनको शैलीबाट निक्र्यौल गर्न थालियो । त्यसैले त पेशा, व्यवसाय, प्रवृत्ति अनुसार पहिरनको शैली खोज्ने चलन बढ्यो ।

अहिले हामीकहाँ थुप्रै फेसन डिजाइनर छन् । फेसन डिजाइनिङ गर्ने बुटिक पनि जताततै खुलेका छन् । तर, यि सबै बजार निर्देशित शैलीलाई पच्छ्याइरहेका छन् । फेसन के हो भन्ने कुराको सही जवाफ उनीहरुसँग पनि छैन, जो आफुलाई फेसन डिजाइनर भन्न रुचाउँछन् ।

हाम्रा अधिकांश फेसन डिजाइनरको बुझाई के छ भने, झट्ट हेर्दा चिटिक्क देखिने । भिडमा अलग देखिने । सबैको आँखा पर्ने पहिरन नै फेसन हो । साथै विश्व बजारमा जस्तो शैली चलेको छ, त्यही शैलीलाई पच्छ्याउनु नै फेसन हो । तर, यी सबै परिभाषा र बुझाई आफैमा पूर्ण छैनन् । वास्तवमा फेसन के हो ?

जे कुरा तपाईंलाई सहज लाग्छ

खासमा फेसन त्यही हो, जुन पहिरन तपाईंलाई सहज लाग्छ । तपाईं हिँडडुल गर्नुहुन्छ, कार्यलयमा काम गर्नुहुन्छ, व्यापार व्यवसाय गर्नुहुन्छ । यावत् काम गरिरहँदा तपाईर्ंलाई आफ्नो पहिरन एकदमै सहज र अनुकुल महसुष हुनुपर्छ ।

त्यही कारण त फेसन विज्ञहरु भन्छन्, ‘फेसन यस्तो हुनुपर्छ, जो तपाईंलाई सहज हो । यसले तपाईंलाई शारीरिक वा मानसिक रुपमा असहज महसुष नगराओस् ।’

आफ्नो शरीर र काम अनुसार सहज हुने किसिमको पहिरन लगाउनुभयो भने तपाईंले अतिरिक्त झन्झट व्यहोर्नुपर्दैन । आफुले लगाएको पहिरन सहज लाग्छ । यसले गर्दा तपाईंको आत्मविश्वास पनि बढ्छ । वास्तवमा हामीले लगाएको पहिरनले हाम्रो आत्मविश्वास बढाउने काम पनि गर्नुपर्छ । असहज पहिरनमा तपाईं जतिसुकै चमकदमक देखिएपनि त्यसले तपाईंको आत्ममनोवल कमजोर बनाइरहेको हुन्छ ।

जबकी पहिरनले मान्छेको मनोवल पनि बढाउनुपर्छ । त्यसैले बजारमा चलेको वा स्टाइसिल देखिने चक्करमा भद्दा, असहज पहिरन लगाउन हुँदैन ।

जे कुराले तपाईंलाई सुहाउँछ

फेसन भन्नसाथ हामी बजारमा चलेको ट्रेन्डलाई बुझ्ने गर्छौं । वा अरु मान्छे खासगरी सेलिब्रेटीले अपनाएको पहिरन शैलीलाई बुझ्ने गर्छौं । अरुलाई चिटिक्क र सुहाउँदो देखिएको पहिरन देखेपछि हामी लोभिन्छौं । अतः हामीपनि सोही किसिमको पहिरन शैली अपनाउने प्रयास गर्छौं । तर, एउटा व्यक्तिलाई जुन पहिरन सुहाउँछ, तपाईंलाई त्यो सुहाउँदो नहुन सक्छ । एउटा व्यक्तिको सौन्दर्य जुन किसिमको रंगले खुल्छ, तपाईंको सौन्दर्य त्यही रंगले नखुल्न सक्छ ।

तपाईंको शारीरिक बनौट, वर्ण, रुपरंगले नै यसमा निर्भर गर्छ कि, तपाईंले कस्तो पहिरन शैली अपनाउनुपर्छ ?

अरुको देखेर होइन, आफैलाई हेरेर पहिरन शैली अपनाउनुपर्छ । आफ्नो शारीरिक वनौट, वर्ण, उचाई, रुपरंग अनुसार सही किसिमको पहिरन छनौट गर्न सक्नुपर्छ ।

कुनै हिरो वा हिरोइनले जुन पहिरन लगाउँदा आकर्षक देखिएका छन्, त्यसले तपाईंको सौन्दर्य नखुल्न पनि सक्छ । किनभने उनीहरुको शारीरिक ढाँचा र तपाईंको शारीरिक ढाँचा फरक छ । आफ्नो शारीरिक ढाँचा अनुरुपको पहिरन नै आफुलाई सुहाउँदो हुन्छ ।

जे कुरा समयानुकल छ

फेसन भनेको समयानुकल हुनुपर्छ । जाडोको मौसममा तपाईंले त्यस्तो पहिरन शैली अपनाउनुपर्छ, जसले शरीरलाई न्यानो प्रदान गर्छ । स्टाइलिस एवं ग्ल्यामरस देखिने चक्करमा छोटो, पारदर्शी, खुला पहिरन लगाउनु हुँदैन ।

ठिक यसैगरी गर्मीमा तपाईंले यस्तो पहिरन लगाउनुपर्छ, जसले सितलता प्रदान गर्छ । खुला र सहज पहिरन लगाउनुपर्छ । पसिना सोस्न सक्ने पहिरन हुनुपर्छ ।

वर्षायामममा लगाइने परिहन जाडो वा गर्मीको पहिरन भन्दा भिन्न हुनुपर्छ । यतिबेला लगाइने पहिरन हल्का हुनका साथै पानीले भिजेर पनि खास असर नगर्ने किसिमको हुनुपर्छ । वा पानीले भिजेपनि चाडै सुक्ने किसिमको हुनुपर्छ । यसरी मौसम अनुकुल पहिरनको छनौट गर्नु नै फेसनेवल हुनु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment