Comments Add Comment

अद्भूत छ शरीर

तपाईंको हातमा यतिबेला स्मार्टफोन छ । स्मार्टफोनको उपभोग कति र कसरी गर्नुहुन्छ ? संभवत फोन अर्थात कुराकानी गर्न, सन्देश आदनप्रदान गर्न, भिडियो/फोटो खिच्न, युट्युब चलाउन, फेसबुक चलाउन, गेम खेल्न यसको प्रयोग गर्नुहुन्छ । कतिपयले यसबाट बैंकिङ कारोबार गर्नुहुन्छ, कतिले व्यवसायिक प्रयोजनले पनि यसको उपयोग गर्नुहुन्छ ।

यद्यपी स्मार्टफोन कम्पनीले जे-जति सुविधा एवं फिचर्स उलब्ध गराएको छ, हामीले त्यसको अत्यान्तै न्युन प्रयोग मात्र गरिरहेका हुन्छौं । हातमा जतिसुकै महंगो स्मार्टफोन भएपनि त्यसको पूर्ण एवं भरपूर प्रयोग गरेका हुँदैनौ ।

ठिक यसैगरी प्रकृतिले हाम्रो शरीरको रचना जसरी गरेको छ, त्यसलाई हामीले बुझेका छैनौं । शरीर कति अद्भूत छ ? शरीर कति शक्तिशाली छ ? शरीर कति आश्चर्यलाग्दो छ ? हामीले थाहा पाएकै छैनौं । आफ्नो शरीरको शक्ति थाहा नपाई हामी देहत्याग गर्न पुग्छौं । दुःखको कुरा छ ।

हाम्रो शरीरभित्र अथाह शक्ति छ । यद्यपी हामीले त्यसको पहिचान गर्न पाएका वा सकेका छैनौं । त्यसको उपयोग गर्ने जागरुकता नै छैन ।

हामीले शरीरलाई फगत हाड र मासुको संरचना मात्र बुझेका छौं । शरीरको निर्माण कसरी भएको छ ? यसले कसरी कार्यसंचालन गर्छ ? हामी कसरी जीवित रहन्छौं भन्ने आधारभूत कुरा पनि हामीमध्ये धेरैलाई ज्ञान छैन ।

भोक लाग्दा खाना खान्छौं । निद्रा लाग्दा सुत्छौं । थकाई लाग्दा आरम गर्छौं । दिसापिसाब लाग्दा त्यसको विसर्जन गर्छौं । जाँगर चल्दा श्रम गर्छौं । शरीरको उपयोग यतिमात्र भइरहेको छ । तर, एकपटक आँखा चिम्लेर सोच्नुहोस्, तपाईंले प्रकृतिमा उत्पादित अन्नपानी खानुहुन्छ । शरीरका अंगहरुले त्यसलाई पाचन प्रणालीमार्फत पोषक तत्व ग्रहण गर्छ । अनावश्यक कुरालाई दिसापिसाब, पसिना आदिको माध्यामबाट निष्कासन गर्छ । कति अद्भूत प्रणाली Û

हाम्रो शरीरले हरेक सेकेन्डमा २ दशमलव ५ करोड नयाँ कोशिका बनाउँछ । साथै हरेक दिन २ सय अर्ब बढी रक्त कोशिका निर्माण गर्छ । हरेक समे शरीरमा २५०० अरब रक्त कोशिका रहन्छ । एक थोपा खुनमा २५ करोड कोशिका हुन्छ ।

हाम्रो फोक्सोले हरेक दिन २० लाख लिटर हावा फिल्टर गर्छ । हाम्रो नाक प्राकृतिक एयर कन्डिसनर हो । यसले तातो हावालाई चिसो र चिसोलाई तातो बनाएर फोक्सोसम्म पुर्‍याउँछ ।

चामल, दाल, नुन, चिनी, बेसार, आलु, साग, दही, घिउ आदि खान्छौं । त्यसमा रहेको पोषक तत्व मात्र शरीरले ग्रहण गर्छ । ति पोषक तत्वले हाम्रो शरीरलाई जिवित, तन्दुरुस्त र निरोगी राख्छ ।

अन्नपानीलाई शरीरले जसरी उर्जामा रुपान्तरण गर्छ र त्यसले प्राणलाई वचाईराख्छ, ठिक त्यसैगरी एउटा यन्त्रले उक्त काम कसरी गर्छ होला ?

भनिन्छ, शरीरले जसरी अन्नपानीलाई उर्जामा रुपान्तरण गर्ने यन्त्र बन्यो भने त्यसले अत्यान्तै ठूलो ठाउँ ओगट्नेछ । अत्यान्तै ठूलो ध्वानी पैदा गर्नेछ । अत्यान्तै धेरै धुवाँ निकाल्नेछ । जबकी यो सबै काम शरीरले चुपचाप गरिरहेको छ । एकदमै शान्तपूर्वक ।

तर, हामी शरीरको यो पद्दतीबारे घोत्लिदैनौं । हाम्रो आफ्नै शरीर कस्तो होला ? शरीरले के-कसरी काम गरिरहेको होला भनेर हामी सोच्दैनौं । बरु यही शरीरलाई दुःख दिएर धन दौलत जोड्ने होडबाजीमा लागिरहेका हुन्छौं । ऐशआरमको खोजीमा भौतारिरहेका हुन्छौं ।

आफ्नो शरीरको क्षमता, शक्ति हामीलाई थाहा हुँदैन । शरीर कति अनमोल छ ? शरीर कति अद्भूत छ ? हामी खोज्ने प्रयास पनि गर्दैनौं ।

हाम्रा पितापूर्खाहरुले शरीरको शक्ति थाहा पाए । शरीर कति अद्भूत छ भनेर थाहा पाउने विधी पहिल्याए । त्यही विधीको अभ्यास गरें । तर, हामीले त्यस्ता कुरालाई गंभिरतापूर्वक सोचेनौं । किनभने हामी रसरंगको जीवनमा रमाइरह्यौं ।

योग, प्राणायाम र ध्यान विधीबाट हामीले आफ्नो शरीरको शक्ति पहिल्याउन सक्छौं । ध्यान त्यो सर्वोत्तम विधी हो, जसले हामीलाई शरीरभित्र प्रवेश गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment