Comments Add Comment

थानकोट प्रहरी वृत्तमा महानिरीक्षकको छड्के

२४ असार, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी वृत्त, थानकोटको आकस्मिक निरीक्षण गरेका छन् । गृह जिल्ला तनहुँमा आयोजित कार्यक्रम सकेर फर्किएका खनालले थानकोट वृत्तमा छड्के निरीक्षण गरेका हुन् ।

वृत्तका एक अधिकृतका अनुसार निरीक्षकका क्रममा खनालले थानकोट प्रहरीले चन्द्रागिरी क्षेत्रमा सुरक्षा व्यवस्थाको स्थिति, चुनौति र समस्याबारे ब्रिफिङ लिएका थिए ।

महानगरीय प्रहरी वृत्त, थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमारविक्रम थापाले जग्गा र सुविधा सम्पन्न भवनको अभावका कारण थानकोट प्रहरीले समस्या भोग्नु परेको आईजीपी खनाललाई बताएका थिए ।

यसअघि खनालले पोखरा, तनहुँको बेलचौतारा, जिल्ला प्रहरी कार्यालय तनहुँ, मुग्लिङ, गजुरी, नौबिसेलगायतका प्रहरी कार्यालयको पनि निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment