Comments Add Comment

लोकसेवाको काममा अवरोध नहोस् : अध्यक्ष मैनाली

२५ असार, काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई सचेत गराएका छन् ।

लोकसेवालगायतका संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न पाउँदा मात्र जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पुग्ने उनले बताए ।

बुधबार मधेसी आयोगले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मैनालीले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोकसेवा, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने बताए ।

उनले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए । ‘ककसलाई आरक्षण दिनुपर्ने हो, त्यसलाई मिलाउने अहिले उपयुक्त समय हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment