Comments Add Comment

यतीको जहाज धावनमार्गमा चिप्लियो, उडान-अवतरण अवरुद्ध

Photo Credit : फाइल तस्वीर

२७ असार, काठमाडौं । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।

विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

‘अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको छ’, तिवारीले अनलाइनखबरसँग भने, ‘हामीले चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालेका छौं ।’

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानकाे उडान-अवतरण  दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment